करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर–देउरानीको मृत्यु, भाउजू घाइते

सोमबार दिउँसो साढे १ बजेतिर राप्ती वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो।

नेपालभ्युज

करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर–देउरानीको मृत्यु, भाउजू घाइते

काठमाडौं। दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे १ बजेतिर राप्ती वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले उनीहरूको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनीहरूका तीन वर्षीय छोरा छन्।

करेन्ट लागेकी बासुकी भाउजू २७ वर्षीया भिमा सामान्य घाइते भएकी छिन्। स्थानीय अस्पतालमा उपचारपछि सोमबार बेलुका उनको डिस्चार्ज भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved