काभ्रेस्थली घटना- चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ।

नेपालभ्युज

काभ्रेस्थली घटना- चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका परिवारको शव प्रहरी तथा शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक टोलीले उठाएको हो।

उनीहरूको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिने छ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved