संसदीय समितिले भन्यो- नेपाली कारखानामा विदेशी कामदार नराख्नु

नेपाली कारखानामा विदेशी कामदार नराख्न संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

नेपालभ्युज

संसदीय समितिले भन्यो- नेपाली कारखानामा विदेशी कामदार नराख्नु

काठमाडौं। नेपाली कारखानामा विदेशी कामदार नराख्न संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

नेपाली कारखानामा विदेशी कामदार रहेको भए उनीहरूको ठाउँमा नेपाली कामदारलाई नै राख्न भनेको छ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले विभिन्न कारखानामा विदेशी कामदार रहेको विषयमा श्रम विभागमार्फत त्यसको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यलाई समेत सहभागी गराउन भनेका छन्।

उनका अनुसार समितिले नेपाली कारखानाको अनुगमन गरी विदेशी कामदारको लगत संकलन गर्न पनि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिएको छ।

समितिले उद्योग र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकायसँग समन्वय गरी उद्योगका मजदुरको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved