पक्राउ पुर्जीबारे विप्लव नेकपाको प्रतिक्रिया आयो, परिणाम नराम्रो हुने चेतावनी

नेपालभ्युज

पक्राउ पुर्जीबारे विप्लव नेकपाको प्रतिक्रिया आयो, परिणाम नराम्रो हुने चेतावनी

काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिक्रिया आएको छ । नेकपाले सोमबारै विज्ञप्ति निकालेर अदालतले पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको हो ।

उक्त पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकारले तीन बुँदे सहमति पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिईएको छ । विज्ञप्तिमा भनिएको छ ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटना  तुरुन्त रोकिएन भने यसबाट निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता प्रकाण्ड लगायतलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।  पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति दृढ रहेको भन्दै विज्ञप्तिमा ओली र वर्तमान सरकार ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको आरोप लगाईएको  छ।

नेकपाले थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको भन्दै यस्तो अवस्थामा पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम भएको प्रतिक्रिया दिएको छ ।

हेर्नुहोस विज्ञप्ति :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved