भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला ?

भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको मुल्य सुची अनुसार पेट्रोल प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो।

नेपालभ्युज

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला ?

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको मुल्य सुची अनुसार पेट्रोल प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि भारतले दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको हो।

हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ। यो मूल्य अझै घट्ने अनुमान छ।

नेपालमा घट्ला त इन्धनको मुल्य ?

भारतबाट मुल्य घटेर आएपनि नेपालमा भने मुल्य घट्ने सम्भावना कम छ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रूपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले भने मूल्य घटाएन।

यसपटक मूल्य घटेर आएपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ।

भारतबाट प्राप्त नयाँ मुल्य अनुसार अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा हुनेछ। यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रूपैयाँ नोक्सानी रहने निगमको भनाइ छ।

तर पेट्रोलमा नाफामा गएपनि, समग्रमा निगम अझै पाक्षिक करिब ७५ करोड घाटामा रहेको दाबी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved