धर्मेन्द्र बास्तोला भन्छन् – शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पक्राउ पुर्जी जारी गर्न मिल्दैन

उनले भने, ‘‘हामी खुला राजनीतिमै थियौँ। तत्कालीन सरकारले जबरजस्ती प्रतिबन्ध लगाएर धकेल्न खोजेको थियो। त्यसपछि हामीले सहमति गरेर शान्तिपूर्ण खुला राजनीतिमा आएका हौँ,हामी सरकारसँग कुरा गर्छौँ। सरकारको ढिलाइका कारणले यो आएको हो। ’’

नेपालभ्युज

धर्मेन्द्र बास्तोला भन्छन् – शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पक्राउ पुर्जी जारी गर्न मिल्दैन
फाइल तस्वीर।

काठमाडौं। सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि अदालतबाट पुर्जी जारी गर्न नमिल्ने नेत्रविक्रम चन्द नेतृत्वको नेताहरूले प्रतिक्रिया दिएका छन्।

तत्कालीन नेकपाका नेताहरूका नाममा पक्राउ पुर्जी जारी भएपछि यस्तो बताएका हुन्। यसबीचमा सहमति कार्यान्वयन गर्न, मुद्दा फिर्ता र बन्दी रिहाइका लागि सरकारसँग पटक पटक छलफल भए पनि सरकारले कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ।

चन्द समूहले हिंसात्मक गतिविधि बढाएपछि प्रतिबन्ध लगाइएको बेला गरेका घटनालाई लिएर पक्राउ पुर्जी जारी भएपछि नेताहरूले यस्तो बताएका हुन्।

चन्द समूह छोडेर नेकपा (बहुमत) बनाएका धर्मेन्द्र बास्तोलाले सरकारले सहमति कार्यान्वयन नगर्दा पक्राउ पुर्जी जारी भएको हुनसक्ने बताए।

उनले भने, ‘‘हामी खुला राजनीतिमै थियौँ। तत्कालीन सरकारले जबरजस्ती प्रतिबन्ध लगाएर धकेल्न खोजेको थियो। त्यसपछि हामीले सहमति गरेर शान्तिपूर्ण खुला राजनीतिमा आएका हौँ,हामी सरकारसँग कुरा गर्छौँ। सरकारको ढिलाइका कारणले यो आएको हो। ’’

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जसमा खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved