गएको आर्थिक वर्ष सरकारले लियो ३ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा धेरै ऋण

सरकारले अघिल्लो वर्षको साउनदेखि यो वर्षको असारसम्म आन्तरिक र बाह्य गरेर ३ खर्ब ७६ अर्ब ५७ करोड रुपैयाँ ऋण लिएको हो ।

नेपालभ्युज

गएको आर्थिक वर्ष सरकारले लियो ३ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा धेरै ऋण

काठमाडौं। गएको आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले ३ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा धेरै ऋण लिएको छ । सरकारले अघिल्लो वर्षको साउनदेखि यो वर्षको असारसम्म आन्तरिक र बाह्य गरेर ३ खर्ब ७६ अर्ब ५७ करोड रुपैयाँ ऋण लिएको हो ।

अर्थ मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस्तै, बाह्यतर्फ १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको छ । आन्तरिक तर्फ २ खर्ब ३९ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३१ अर्ब रुपैयाँ उठाइएको छ ।

गएको आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ९३ अर्ब ३० करोड ७५ लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved