ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

नेपालभ्युज

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

पोखरा । पोखरा–हेम्जा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करपछि भएको आगलागीबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग१७ प. १९७० नम्बरको मोटरसाइकललाई ग.१ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।

आगलागीपछि निभाउने प्रयास गर्दा ठक्कर दिने ट्रक ड्राइभर पनि घाइते भएका छन् । आगो निभाउने लागिपरेका ट्रकमा सवार क्षेत्रबहादुर कुँवर पनि घाइते भएका छन् ।

ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved