विप्लव, प्रकाण्डलगायतका आधा दर्जन नेताविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

विप्लव, प्रकाण्डलगायतका आधा दर्जन नेताविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुर। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जनभन्दा बढी शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जारी पक्राउ पुर्जीअनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई र उदयबहादुर चलाउने ३५ दिनभित्र अदालतमा हाजिर हुनुपर्नेछ।

उनीहरूविरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्यविरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर गरेकोलगायत मुद्दा छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीवाट विद्रोही गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो भने देशभरी यस्ता हिंसक घटना घटाएको सो समूहविरुद्ध देशैभरि उजुरी छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरु विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसकाकारण अदालतले समय समयमा नै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved