प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना : १ जनाको मुत्यु, १४ घाइते

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् ।

नेपालभ्युज

प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना : १ जनाको मुत्यु, १४ घाइते

दाङ। प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको जीप प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको र अन्य १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीयले रिजर्ब गरेर तीर्थयात्राकालागि स्वर्गद्धारी लिएर गएको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ ।

घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको छ ।

जीपमा १७ जना सवार रहेको बताइएको छ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved