बजेट प्रकरणमा छानबिन समितिको प्रतिवेदन अपूर्ण- प्रदीप ज्ञवाली

नेपालभ्युज

बजेट प्रकरणमा छानबिन समितिको प्रतिवेदन अपूर्ण- प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्।

आज शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवालीले यस्तो बताए।
उनले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन÷अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताए।

ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताए।

उनले वास्तविक प्रमाणहरू जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भए पनि सत्तापक्षका सांसदहरू एकमत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताए।

सदस्य ज्ञवालीले सत्तापक्षका सांसदहरू पार्टीको आग्रहमा सत्यतथ्य प्रमाण सङ्कलन गर्ने उपकरणहरू प्रयोग गर्ने विषयमा एकमत नभएको बताए। उनले अर्थ मन्त्रालय जस्तो ठाउँको सीसीटीभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनीतिक नेतृत्व नै चुकेको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved