आरोपबाट सफाइ पाएकाले अर्थमन्त्रीमा जनार्दन शर्मा नै फर्कनुपर्छ : वर्षमान पुन

नेपालभ्युज

आरोपबाट सफाइ पाएकाले अर्थमन्त्रीमा जनार्दन शर्मा नै फर्कनुपर्छ : वर्षमान पुन
फाइत तस्वीर

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्मा नै फर्कनुपर्ने बताएका छन् । शर्माका राजनीतिक प्रतिस्पर्धी मानिएका नेता पुनले आरोपबाट सफाई पाएकाले मन्त्रालयमा उनकै हक लाग्ने बताए ।

प्रतिनिधिसभा भवन बानेश्वरमा शुक्रबार पत्रकारसँग नेता पुनले अर्थमन्त्रीका लागि पार्टीमा शर्माको विकल्प नखोजिएको बताए ।

छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको पुनले बताए । तर यसबारे पार्टीमा पनि छलफल हुने नेता पुनको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved