परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तालिका छ।

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटबार्ता भएको छ।

शुक्रबार भएको भेटमा उहाँहरुबीच विकास सहयोग, खाद्य सुरक्षा, कोभिड-१९ विरुद्धको खोपलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ नेपाल आएका सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तालिका छ।

भेटमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल-अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी हुने अमेरिकी दूताबासले जनाएको छ ।

सहायक विदेशमन्त्री लुले गत मङ्सिरमा पनि नेपालको भ्रमण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved