दाउन्नेमा बसमा आगलागी : ३३ यात्रु घाइते

नेपालभ्युज

दाउन्नेमा बसमा आगलागी  : ३३ यात्रु घाइते

काठमाडौं। नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्।

आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी हुदाँ ३३ जना घाइने भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई पहाडमा ठोक्किँएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved