नेपाल-चीन सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरूको सुझाव

नेपालभ्युज

नेपाल-चीन सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरूको सुझाव

काठमाडौं। नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक आज भएको कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिए।

नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने उनको भनाइ थियो।

पूर्व पूर्वगर्भनर डा दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताए। नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिवर्तनमा लागेको हुँदा अन्य महत्त्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उनले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिए।

श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल चीनबीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताए।

क्लबका महासचिव डा कल्याणराज शर्माले चीनबाट हालै भएको भ्रमणको विकासको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved