दम्पती हत्या प्रकरण

भारतीय नागरिकलाई सुपारी दिएर भाइ बुहारीको हत्या

नेपालभ्युज

भारतीय नागरिकलाई सुपारी दिएर भाइ बुहारीको हत्या

नेपालगञ्ज । बाँकेको कोहलपुरमा भएको दम्पतीको हत्या मृतकका दाइकै योजनामा भएको पाईएको छ ।

हत्यामा मृतक कृष्णकुमार गडरियाका दाइ विजयकुमारको संलग्नता पाईएको बाँके प्रहरीले जनाएको छ । कोहलपुरको पार्वतीपुरमा होटल व्यवसाय गर्ने २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली मंगलबार बिहान मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले मृतकका दाइलाई नियन्त्रणमा लिएको थियो । दाइले पैसा दिएर भाइबुहारीको हत्या गर्न लगाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् ।

घरायसी झगडामा दाइले बुहारीको हत्या गर्ने योजना बनाएर भारतीय नागरिकलाई एक लाख रुपैयाँ सुपारी दिएका थिए । तर, त्यसक्रममा भाइ बाधक बनेपछि उनको पनि हत्या गरिएको विजयले प्रहरीले वयान दिएका छन् ।

हत्या गर्न दुईजना भारतीय नागरिक आएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved