वार्षिक पचास लाख पर्यटक ल्याउन सकिन्छ- विनोद चौधरी

नेपालभ्युज

वार्षिक पचास लाख पर्यटक ल्याउन सकिन्छ- विनोद चौधरी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेपालमा वार्षिक पचास लाख पर्यटक ल्याउन सकिने बताएका छन्। प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीले राजनीतिक सुझबुझपूर्ण निर्णय र कुशल व्यवस्थापन गर्न सके आगामी पाच वर्ष भित्रै यो लक्ष्य भेट्याउन सकिने बताएका हुन्।

कार्यक्रम पोलिसि डायलगमा सञ्चालक प्राडा गोविन्द पोखरेलसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘पाँच वर्षमा देशमा ५० लाख पर्यटक ल्याउन सकिन्छ’ केन्द्रीय सदस्य चौधरीले भने, ‘धेरै टाढा जानुपर्दैन, भारत र चीनबाट मात्रै पनि यति सङ्ख्यामा पर्यटक ल्याउन सकिन्छ ।’

यसको लागि राजनीतिक नेतृत्वले वातावरण निर्माण गरिदिने हो भने मात्र पनि युवा पुस्ताको अग्रसरताबाटै नेपाली पर्यटन उद्योगमा कायापलट गर्न सकिने धारणा चौधरीको छ।

हाल सञ्चालनमा रहेका दुईटा सहित निकट भविष्यमै तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल चालु अवस्थामा रहने प्रसङ्ग उठाउँदै चौधरीले तीनको अधिकतम प्रयोग गर्नु पर्नेमा जोड दिए ।

‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई अधिकतम उडानहरू, नयाँ गन्तव्य खोज्ने काममा गम्भीरता पूर्वक लाग्नुपर्छ।’ चौधरीले भने, ‘एयरपोर्ट म्यानेजमेन्ट भनेर एयरपोर्टमा कुच्चो लाउने हैन, नयाँ नयाँ एयरलाइनहरु जोड्ने हो। नयाँ नयाँ डेस्टिनेसनलाई जोड्ने हो।’

नेपाललाई सस्तो र उपयुक्त पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति बनाउन पर्नेमा जोड दिँदै चौधरीले भने ‘नेपाल इज द चिपेस्ट एण्ड द मस्ट प्रिपर डेस्टेनशन भन्ने संदेश प्रभाव गर्नुपर्छ।’ यो गर्न धेरै अफ्ठेरो नभएको भन्दै चौधरीले गर्न सकिने भएकोले लाग्नु पर्ने आवश्यकता औल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved