पूर्ण खोपसहित दुईपटक बुस्टर डोज लगाएका बाइडेनलाई कोरोना संक्रमण

नेपालभ्युज

पूर्ण खोपसहित दुईपटक बुस्टर डोज लगाएका बाइडेनलाई कोरोना संक्रमण

वासिङटन। कोभिड १९ विरुद्धको पूर्ण खोपसहित दुईपटक बुस्टर डोज लगाएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड १९ को संक्रमण भएको छ । बाइडेनलाई संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।

उनमा अहिले सामान्य लक्षण देखिएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को निर्देशिकालाई पालना गर्दै उनी ह्वाइट हाउसमै आइसोलेसनमा बस्नेछन् । उनले आफ्ना दैनिक सरकारी कामकाजलाई पनि निरन्तरता दिनेछन् ।

सन् २०२० मा कोरोना महामारी फैलिएयता अमेरिकामा दस लाख भन्दा बढी संक्रमितको ज्यान गइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved