कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा

संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।

नेपालभ्युज

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त भएकी छिन्। संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved