गण्डकीका मुख्यमन्त्री कोरोना संक्रमित

आइतबारदेखि रुघा र ज्वरोको समस्या देखिएपछि मुख्यमन्त्री पोखररेलको हिजो पीसीआर परीक्षण गरिएको थियो।

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्री कोरोना संक्रमित

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । हिजो मंगलबार गरेको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको छ।

आइतबारदेखि रुघा र ज्वरोको समस्या देखिएपछि मुख्यमन्त्री पोखररेलको हिजो पीसीआर परीक्षण गरिएको थियो। जसबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री पोखरेल सरकारी निवासमै क्वारेन्टिनमा बसेका छन्। उनमा अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved