कर कार्यालयको कर्मचारी हुँ भन्दै रकम उठाउने दुई जना पक्राउ

नेपालभ्युज

कर कार्यालयको कर्मचारी हुँ भन्दै रकम उठाउने दुई जना पक्राउ
सांकेतिक तस्वीर

धादिङ। उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर संकलन गरी तिरिदिने भनेर गाउँ आएका थिए। वार्षिक रूपमा कर तिरिदिने भन्दै उनीहरुले पसलेसँग रकम उठाएका हुन्।

रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए। करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर संकलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved