भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

बङ्गलादेशसँग नेपालले आव २०७७/०७८ मा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।

नेपालभ्युज

भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

झापा। पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ।

निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख रुपैयाँ भएको देखिन्छ। काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः १० अर्ब नौ करोड ९९ लाख र ७४ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

आव २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्गलादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाख रुपैयाँको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ। सोही अवधिमा भुटानबाट एक अर्ब २० करोड ५३ लाखको सामान आयात भएको थियो भने ४५ करोड ६५ लाख रुपैयाँको मात्र सामान निर्यात भएको थियो।

बङ्गलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ। भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ।

बङ्गलादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ। बङ्गलादेशसँग नेपालले आव २०७७/०७८ मा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved