भोलि र पर्सि धेरै स्थानमा पानी पर्ने सम्भावना

पानि नपर्दा काठमाडौंलगायत धेरै स्थानमा गर्मी बढिरहँदा मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ। मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताए।

नेपालभ्युज

भोलि र पर्सि धेरै स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं। पानि नपर्दा काठमाडौंलगायत धेरै स्थानमा गर्मी बढिरहँदा मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ। मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताए।

मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने मौसमविद् भट्टराईले बताए। बुधबार एरिया कभरेज थप बढ्नेछ।
मौसमविद् भट्टराईका अनुसार अहिले पाल्पा, तनहुँ, मकवानपुर, इलाम र झापामा पानी परिरहेको छ।

सोमबार बिहान करिब ६ बजेतिर प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

मनसुनी प्रणाली कमजोर हुँदा केही दिनयता बढेको गर्मीकाबीच भएको वर्षाले केही राहत महसुस भएको छ। काठमाडौं उपत्यकाका केही स्थानमा राति हल्का वर्षा हुँदा केही शीतल महसुस भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved