आजदेखि लुम्बिनी अस्पतालमा टिकट र बेड निःशुल्क

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरङ्ग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) मा शुल्क नलिने भएको हो।

नेपालभ्युज

आजदेखि लुम्बिनी अस्पतालमा टिकट र बेड निःशुल्क

बुटवल। आज (साउन १) गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरङ्ग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरङ्ग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) मा शुल्क नलिने भएको हो।

यसअघि घोषणा भएको कार्यक्रम आजबाट कार्यान्वयनमा आउन हुन लागेको हो। ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। टिकट शुल्क नलाग्ने भए पनि बिरामीहरूले टिकट काउन्टरबाट टिकट भने लिनुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए।

यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत पनि निःशुल्क हुने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सरकारले रगत निःशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ।
यसअघि रक्तसञ्चार केन्द्रले एक युनिट रगतको आठ सय रुपैयाँ लिँदै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved