ओली भन्छन् : चुच्चे नक्सा सार्वजनिक गरेपछि सरकार संकटमा पर्‍यो

नेपालभ्युज

ओली भन्छन् : चुच्चे नक्सा सार्वजनिक गरेपछि सरकार संकटमा पर्‍यो

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा सार्वजनिक गरेपछि आफ्नो सरकार संकटमा परेको बताएका छन्।

नेपाल चीन मैत्री समाजले शनिबार नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रममा उनले आफूले लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गरेपछि आफूविरुद्ध गठबन्धन गरी प्रधानमन्त्रीबाट मुक्त गरिएको दाबी उनले गरे।

उनले भने, ‘‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका लागि एकजुट भएर सरकार संकटमा पर्छ भन्ने थाहा थियो। थाहा भएर पनि छापेको हो।” उनले नक्सा छापे अपवित्र गठबन्धन बन्नेमा आफू जानकार भएर पनि नक्सा सार्वजनिक गरेको उनले बताए।

आफूले अन्य देशको भूमि दाबी नगरेको बताउँदै भारतसँग वार्ता गर्दा नेपालले चुच्चे नक्सा अगाडि राखेर वार्ता गर्नुपर्ने बताए। ‘‘चीनको भूमि दाबी गरेर, भारतको भूमि दाबी गरेर जान सक्ने क्षमता हाम्रो छैन। हाम्रो त हाम्रो भन्नुपर्‍यो। त्यो त हिम्मत गर्नुपर्‍यो। हाम्रो हाम्रो हो त्यो जता जसले नियन्त्रणमा लिएको छ उसले फिर्ता गर्दिनुपर्‍यो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved