एसपीपी अस्वीकार गरेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द : माधव नेपाल

नेपालभ्युज

एसपीपी अस्वीकार गरेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार भएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको बताएका छन्।

शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द हुनुको मुख्य कारण नै एसपीपी पास नहुनु भएको दाबी गरे।

‘‘एसपीपी केपी ओली प्रधानमन्त्री भएकै बेला ल्याइएको थाहा भयो । प्रधानमन्त्री देउवाले अस्वीकार गरेपछि उहाँको अमेरिका भ्रमण रद्द भयो’’, नेता नेपालले भने।

नेता नेपालले निर्वाचन मिति जुनसुकै समयमा घोषण हुने भन्दै पार्टीका नेता कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन समेत दिएका छन्।

उनले पछिल्लो समय एमालेले नेकपा एसमाथि प्रहार नगरेको भन्दै उसलाई पनि प्रहार गर्न नहुने बताए। आफ्नो समूहलाई बेवास्ता गर्दा एमालेलाई नोक्सानी भएको उनको दाबी छ।

‘‘यति ठुलो पङ्क्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्सान एमालेलाई नै भएको छ। पार्टीलाई उचाइमा पुर्‍याउने क्षमता हामीमा छ,’’ अध्यक्ष नेपालले भने, ‘‘अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेको छैन। हामीले पनि प्रहार गर्नुहुँदैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved