गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्छ : श्रेष्ठ

नेपालभ्युज

गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्छ : श्रेष्ठ

काठमाडौं। राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो गभर्नरको संक्षिप्त नाम रहेको बताउँदै उनले अधिकारीले राजीनामा दिनुपर्ने बताए। २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाम रहेको र अहिले एम अधिकारीको नाममा रूपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको दाबी उनले गरे।

उनले यस विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्नसक्ने स्थितिबारे पनि शंका व्यक्त गरे।

त्यस्तै उनले अघिल्लो सरकारले विरोध गरेको संवैधानिक परिषद्‌सम्बन्धीको विधेयक अघि बढाउन नहुने भनाइ राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved