पद्मा अर्याल भन्छिन् : सरकारले एउटै राम्रो काम गरेन, जताततै बेथिति मात्रै

सरकार पूरै असफल भएको उनले बताइन्।

नेपालभ्युज

पद्मा अर्याल भन्छिन् : सरकारले एउटै राम्रो काम गरेन, जताततै बेथिति मात्रै

काठमाडौं। नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको बताएकी छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले एक वर्षको बीचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पूरै असफल भएको बताइन्। उनले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दाबी गरिन्।

त्यस्तै उनले वर्तमान पाँचदलीय गठबन्धनलाई स्वार्थको मिलन मात्रै भएको आरोप लगाए। मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गइरहेको पनि टिप्पणी गर्दै उनले विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राखे।

सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उनले बताइन्।

अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरुको कुरा भएको पनि उल्लेख गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved