आजदेखि अनलाइनबाट मतदाता नामावली संकलन गरिने

आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि शुरु गर्ने निर्णय भएको जनाएको छ।

नेपालभ्युज

आजदेखि अनलाइनबाट मतदाता नामावली संकलन गरिने

काठमाडौं। निर्वाचन आयोगले आजदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्दैछ। आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि शुरु गर्ने निर्णय भएको जनाएको छ।

हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

 

त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्नेछ।
उपत्यकाको निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भिड लागेपछि अनलाइन प्रणाली सुरु गर्न नसकेको भन्दै आयोगको आलोचना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved