संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे देउवालाई महामन्त्री शर्माको प्रश्न : यस्तो सल्लाह कसले दिन्छ?

शर्माले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ?’

नेपालभ्युज

संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे देउवालाई महामन्त्री शर्माको प्रश्न : यस्तो सल्लाह कसले दिन्छ?

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयकको विरोध गरेका छन्। उनले सरकारको उक्त कदमबारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।

यसअघि सोही काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गर्दा आफूहरुले गलत भनेर विरोध गरेको भन्दै महामन्त्री शर्माले देउवा नेतृत्वको सरकारले पनि सोही काम किन गरेको भन्दै प्रश्न गरेका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत उक्त विधेयकको विरोध गरेका हुन्। उनले गतल काम ओली सरकारले गरे पनि देउवा सरकारले गरे पनि गलत नै हुने र विरोध गरिरहने पनि बताएका छन्। शर्मा लेख्छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौँ हामी १’

शर्माले उक्त विधेयक फिर्ता हुनैपर्ने पनि उल्लेख गरेका छन्। शर्माले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ?’

शर्माले सरकारको यो कदम दुःखद् भएको पनि उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved