नेपाललाई एक दिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छाड्छौँ : कमल थापा

नेपालभ्युज

नेपाललाई एक दिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छाड्छौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल एक दिन लोकतान्त्रिक हिन्दुराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन्।

राप्रपा नेपाल निकट पुर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएको बताउँदै भविष्यमा सम्बर्द्धनबादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्ति बन्ने र उक्त शक्तिले नेपाललाई एक दिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छोड्ने विचार व्यक्त गरे।

विगतमा अन्य हिन्दुराष्ट्रको एजेण्डासँगसँगै अन्य एजेण्डा पनि बोकेर हिँड्दा हिन्दुराष्ट्रको स्थापना गर्न नसकिने भएपछि पुनर्गठित राप्रपा नेपालले अन्य एजेण्डालाई छोडेर सम्बर्धनवाद र हिन्दुत्वको मुद्दालाई अगाडि बढाएको बताए।

विगतका त्रुटि कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्ने क्रममा आगामी दिनमा त्यस्ता गल्ती कमजोरी नगर्ने बताउँदै आगामी आम निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्ने पनि उनले ठोकुवा गरे।

धर्मपरिवर्तन, बेरोजगारी, भ्रष्टाचार र कुशासन अहिलेको महारोग भएको समेत थापाले बताए। उनले पूर्वप्रहरीहरूको भावनाको सम्मान गर्ने पार्टी राप्रपा नेपाल भएको समेत दाबी गरे। हरिहर श्रेष्ठको अध्यक्षतामा रहेको पूर्वप्रहरी परिषद्ले ३५ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved