ब्याटिङ नचल्दा क्यानडासँग हार्‍यो नेपाल

क्यानडाको किङ सिटी स्टेडियममा नेपाल क्यानडासँग ८३ रनले पराजित भयो। १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा मात्रै १०५ रनमा समेटियो।

नेपालभ्युज

ब्याटिङ नचल्दा क्यानडासँग हार्‍यो नेपाल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानडासँग पराजित भएको छ। क्यानडाको घरेलु मैदानमा भएको एकदिवसीय खेलमा नेपा ल पराजित भएको हो।

गएराति क्यानडाको किङ सिटी स्टेडियममा नेपाल क्यानडासँग ८३ रनले पराजित भयो। १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा मात्रै १०५ रनमा समेटियो।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे। विनोद भण्डारी, बसिर अहमेद र आदील आलम १३/१३ रन जोडे।

यस्तै, कप्तान सन्दीप लामिछानेले ११ रन बनाउँदा रोहित पौडेल ६ रनमा आउट भए। कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे। दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले खाता खोल्न सकेनन्।

क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो। उसका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोनसनले ४४ रन जोडे।

नेपालका कप्तान सन्दीपले ३ विकेट लिए। दिपेन्द्रले २ तथा बसिर अहमेद, किशोर महतो, करण केसी र आदील आलमले १/१ विकेट लिए।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपालको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। त्यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेलमा जित निकालेको थियो।

नेपालले विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि क्यानडाको भ्रमण गरेको हो। उक्त सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved