तीन फरार प्रतिवादी पक्राउ

तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

नेपालभ्युज

तीन फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक। प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ छन्। उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले ८ वैशाख २०७२ मा दुई वर्ष ६ महीना कैद सजाय गरेको थियो।

यस्तै, विगो मुद्दाअन्तर्गत ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेतलाई पनि पक्राउ गरिएको छ। उनलाई जिल्ला अदालतले २९ चैत २०७५ मा विगो रकम एक करोड २६ लाख रुपैयाँवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो।

यस्तै, प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतले १६ जेठ २०७५ मा तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved