‘डायमन्ड ए’ क्याटगोरीबाट लंका प्रिमियर लिगका लागि छानिए सन्दीप

सन्दीपले दाम्बुला जायन्ट्सबाट एलपीएल खेल्ने पक्का भएको छ। क्लबले उनलाई इन्टरनेशनल डायमन्ड ए क्याटगोरीबाट टिममा समावेश गरेको छ।

नेपालभ्युज

‘डायमन्ड ए’ क्याटगोरीबाट लंका प्रिमियर लिगका लागि छानिए सन्दीप

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् ।

आईपीएल र बिग बाससहित विभिन्न देशमा क्रिकेट लिग खेलिसकेका नेपाली स्टार सन्दीपले श्रीलंकाको क्रिकेट लिग एलपीएलमा खेल्न लागेका हुन्।

सन्दीपले दाम्बुला जायन्ट्सबाट एलपीएल खेल्ने पक्का भएको छ। क्लबले उनलाई इन्टरनेशनल डायमन्ड ए क्याटगोरीबाट टिममा समावेश गरेको छ।

दाम्बुलाबाट श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षले पनि एलपीएल खेल्दैछन्। उनीहरुसहित अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङले पनि सोही क्लबबाट लिग खेल्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved