झारफुक गर्न आएकी महिलामाथि बोक्सी आरोपमा कुटपिट, धामी पक्राउ

३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।

नेपालभ्युज

झारफुक गर्न आएकी महिलामाथि बोक्सी आरोपमा कुटपिट, धामी पक्राउ
सांकेतिक तस्वीर

संखुवासभा। झारफुक गर्न आएकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने एक जना पक्राउ परेका छन्।

३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved