थप ५३ जनामा कोरोना पुष्टि

नेपालभ्युज

थप ५३ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन्। हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved