फिलिपिन्सका राष्ट्रपतिको शपथग्रहणमा पुगे विनोद चौधरी

बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन्। नवनियुक्त राष्ट्रपति मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन्।

नेपालभ्युज

फिलिपिन्सका राष्ट्रपतिको शपथग्रहणमा पुगे विनोद चौधरी

काठमाडौं। फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस्को शपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्।

बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन्। नवनियुक्त राष्ट्रपति मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन्। उनलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र सुमधुर बन्ने विश्वास व्यक्त गरेका छन्।

मार्कोस फिलिपिन्सका १७औँ राष्ट्रपति हुन्।
आफ्नो साथी समेत रहेका नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा चौधरीका फिलिपिन्स पुगेका हुन्। उनी मार्कोसको शपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवतः एक्लो व्यक्ति हुन्।

उनी नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल र टोपी लगाएर शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। शपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved