‘मानो रोपेर मुरी फलाउने समयमा किसानले मल पाएनन्’

नेपालभ्युज

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई भेटेर उनले यस्तो आग्रह गरेका हुन्।

“मानो रोपेर मुरी फलाउने समयमा किसानले रासायनिक मल पाउन सकेका छैनन्, यो कृषिप्रधान देशका लागि दुःखको कुरा हो, कृषि क्षेत्रको उत्पादन बढाउन तत्काल मल उपलब्ध गराउनुपर्छ”, नेता पौडेलले भने।

भेटमा मन्त्री यादवले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारले काम गरिरहेको बताए। “अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ, नेपालले भारतसँग मलका लागि जुन सम्झौता गर्‍यो, सोहीअनुसार मल प्राप्त नहुँदा मल आयातमा समस्या भएको हो”, उनले भने।

मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिकटन रासायनिक मल आउनेसमेत बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved