मदन भण्डारीका यी चार ओटा गुणहरू कहिल्यै बिर्सन हुँदैन : प्रदीप ज्ञवाली

नेपालभ्युज

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रले मदन भण्डारीका चार ओटा गुणहरूलाई कहिल्यै बिर्सन नहुने बताएका छन्।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय गीति एल्बम देश र शार्दूल अंक ५ को विमोचन गर्दै ज्ञवालीले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिएको लगाएतका चार गुणलाई राज्यले बिर्सन नहुने बताए।

त्यस्तै उनले नेपालको प्रजातान्त्रीक आन्दोलनमा मदन भण्डारीले खेलेको भूमिका समेत महत्वपूर्ण रहेको तर्क गरे। ज्ञवालीले देशभक्तिकोे आन्दोलनमा मदन भण्डारीको योगदान कसैले भुल्न नहुने बताए।

नेपालको विशेषता, नेपाली समाजको बिशेषताको आधारमा विचारको निर्माणमा मदन भण्डारीको योगदान सदैव स्मरणीय रहेको उनको भनाइ छ। ज्ञवालीले नेपालको माटो सुहाउँदो विचार निर्माणको पक्षमा भण्डारी सदैव अग्रसर गरेको स्मरण गरे।

उनले देशप्रति गर्व गर्न सक्ने वातावरण बनाउन सवैले योगदान गर्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved