सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ५३ वर्षीय माधव प्रसाद तिमल्सिनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ५३ वर्षीय माधव प्रसाद तिमल्सिनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उनले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधब प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र किर्ते गरेका थिए।

उनकै उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट समेत किर्ते गरी तिमल्सिनाले ६ चैत, २०७८ मा बोर्डमा निवेदन पेस गरेको पाइएको हो।

उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरी लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved