निर्मल निवास फोहोरी खेलमा लिप्त छ : महामन्त्री बर्तौला

राजाकै कारण सबै दलले राजसंस्थासँगको सहकार्य छाडेको आरोप लगाउँदै उनले राप्रपा नेपालको गतिलाई रोक्ने दुस्साहस नगर्न आग्रह गरे।

नेपालभ्युज

निर्मल निवास फोहोरी खेलमा लिप्त छ : महामन्त्री बर्तौला

नेपालगञ्ज। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवास अझैपनि फोहोरी खेलमा लिप्त रहेको आरोप लगाएका छन्।

आज बाँके जिल्लाको नेपालगञ्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा महामन्त्री बर्तौलाले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्ति र व्यक्तिहरु अझै षड्यन्त्रपूर्वक योजनाबद्ध रुपमा लागिरहेको आरोप लगाए।

‘‘राजसंस्थाप्रति सम्मान छ, आलोचना गर्नु छैन। तर आफ्नो मानमनितोमा त बस्नुपर्यो नि’’, उनले भने, ‘‘राप्रपा नेपालमा लागेकाहरुलाई नलाग, छोड भनेर लोभ, आश्वासन दिराखेको सूचना र प्रमाण छ। त्यो आपत्तिजनक छ।’’

उनले साझा र अभिभावक राजाको रुपमा बस्ने स्वभाव र चरित्र नभएकोले राजा ज्ञानेन्द्रको पुनरागमनको कुनै सम्भावना नभएको जिकिर गरे। ‘‘राजाको व्यवहार, चरित्र, र चिन्तनका कारण धेरैले एजेण्डा छाड्दै गएका छन्’’, उनले भने, ‘‘फुच्चे दाउमा लागिररहे थप प्रत्युत्पादक हुन्छ, चाँडै सच्चिँदा राम्रो हुन्छ।’’

राजाकै कारण सबै दलले राजसंस्थासँगको सहकार्य छोडेको आरोप लगाउँदै उनले राप्रपा नेपालको गतिलाई रोक्ने दुस्साहस नगर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved