काठमाडौंमा बिहानैबाट वर्षा, दिउँसो पुनः पानी पर्ने

काठमाडौंमा अहिले बिहानैबाट वर्षा भइरहेको छ। वर्षा केहीबेर रोकिएर फेरि शुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ।

नेपालभ्युज

काठमाडौंमा बिहानैबाट वर्षा, दिउँसो पुनः पानी पर्ने
सांकेतिक तश्वीर

काठमाडौं। काठमाडौंमा अहिले बिहानैबाट वर्षा भइरहेको छ। वर्षा केहीबेर रोकिएर फेरि शुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु पर्नेमा समेत विभागले जोड दिएको छ।

काठमाडौंका हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले बताए। प्रदेश–१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशमा पनि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ। आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिए।

यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो।

विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु पर्नेमा उनको जोड छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved