मूल्यवृद्धि नेपालको नियन्त्रणबाहिर छ : अर्थमन्त्री

‘‘मूल्यवृद्धि हाम्रो नियन्त्रणमा छैन। रुस–युक्रेन युद्धको प्रभावका कारण पछिल्लो समय निरन्तर मूल्य बढेर आइरहेको छ। मूल्य बढाउनु हाम्रो बाध्यता हो।’’

नेपालभ्युज

मूल्यवृद्धि नेपालको नियन्त्रणबाहिर छ : अर्थमन्त्री

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नेपालको नियन्त्रणबाहिर रहेको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले मूल्यवृद्धि रुस–युक्रेन युद्धका कारण भएको उल्लेख गर्दै नेपालको काबुबाहिर रहेको बताए।

संसदमा उनले भने, ‘‘मूल्यवृद्धि हाम्रो नियन्त्रणमा छैन। रुस–युक्रेन युद्धको प्रभावका कारण पछिल्लो समय निरन्तर मूल्य बढेर आइरहेको छ। मूल्य बढाउनु हाम्रो बाध्यता हो।’’

मूल्य बढेर आए पनि नेपाल आयल निगमले आफू घाटामा रहेर बिक्री गरिरहेको उनले बताए। उनका अनुसार पछिल्लो दुई महिनामै उपत्यकामा १ लाखभन्दा बढी लिटर पेट्रोल खपत बढेको छ।

मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको १० रुपैयाँ पूर्वाधार कर हटाइएको उनले जानकारी दिए। सरकारी निकायले कम्तिमा २० प्रतिशत पेट्रोलियम पदार्थको खपत घटाउने निर्णय अघि बढिसकेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved