एकैपटक सात कुकुरले टोक्दा एक जना गम्भीर घाइते

‘‘जग्गामा गोडमेल गर्दै गरेको अवस्थामा कुकुरले टोकेर घाइते भएर लडेकी थिइन्’’, उनले भने, ‘‘खेल मैदानमा प्रशिक्षणमा रहेका खेलाडीले देखेपछि उहाँको उद्धार गरिएको थियो।’’

नेपालभ्युज

एकैपटक सात कुकुरले टोक्दा एक जना गम्भीर घाइते

सुर्खेत। हुम्लाको सिमकोट गाउँपालिका–५ की सप्पा रावतलाई सातओटा कुकुरले टोक्दा गम्भीर घाइते भएकी छन्।

मंगलबार बिहान सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीवनबाट आएको सातओटा कुकुरले उनीमाथि आक्रमण गरेको हो।

आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको उनका आफन्त विष्णु रावतले बताए ।

‘‘जग्गामा गोडमेल गर्दै गरेको अवस्थामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी थिइन्’’, उनले भने, ‘‘खेल मैदानमा प्रशिक्षणमा रहेका खेलाडीले देखेपछि उहाँको उद्धार गरिएको थियो।’’

घाइतेको अवस्था गम्भीर छ। उनलाई जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved