गठबन्धनमा एसपीपीबारे छलफल भएको छैन : माधव नेपाल

नेपालभ्युज

गठबन्धनमा एसपीपीबारे छलफल भएको छैन : माधव नेपाल
फाइल फोटो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे गठबन्धनमा औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्।

आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा विस्तृतमा छलफल नभएको बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास व्यक्त गर्दै नेता नेपालले भने, ‘‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन भन्नुभएको छ। गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनु आवश्यक छैन।’’

सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने पक्षमै रहेको उनको भनाइ छ।

आज बिहान सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकमा एसपीपीको विषयमा छलफल भएको बुझिएको छ। छलफलमा प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एसपीपीबारे निर्णय नगर्ने प्रतिबद्धता जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved