एमालेले एसपीपीलाई चुनावी एजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता महत

‘‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको खुलिसकेको छ,” कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने।

नेपालभ्युज

एमालेले एसपीपीलाई चुनावी एजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता महत

पर्सा। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन्।

‘‘यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ,” कांग्रेस प्रवक्ता डा. महतले भने, ‘‘तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो।”

गएको स्थानीय तहको निर्वाचनपछि एमाले एजेण्डाविहीन बनेको भन्दै प्रवक्ता डा. महतले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्षित गरी विभिन्न अनर्गल प्रचारमा लागेको आरोप लगाए।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved