नेपाललाई पनि एसपीपीको नयाँ सदस्य राखिएपछि हामीले यसलाई रोकेका थियौं : प्रदीप ज्ञवाली

नेपालभ्युज

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको राष्ट्रहितविपरीत नेपाल शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारे।

स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका विषयमा धेरै आशंका रहेको भन्दै यसका विषयमा राज्यले थप स्पष्ट पार्नुपर्ने उनको माग छ।

तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई पत्र लेखेको पाइएको उने बताए। त्यस्तै उनले सन २०१९ मा इन्डो प्यासेफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरको दाबी गरे।

कार्यक्रममा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रक्रिया छलेर एसपीपीबारे सेनाले पत्र पठाइको भन्दै सेना नै विवादमा आउनु गम्भीर विषय भएको बताए। यस विषयमा राजनीतिक दलहरूले नै नेतृत्व लिएर विवाद अन्त्य गर्नुपर्ने धारणा उनले राखे। पुनले सैन्य सम्झौतालाई कुनै पनि राजनीतिक दलहरूले स्वीकार गर्न नसक्ने स्पष्ट पारे।

उनले परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने कामलाई जङ्गी अड्डाबाट रक्षा मन्त्रालयलाई चिठी पठाउनु कमजोरी भएको तर्क गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved