‘एसपीपीको च्याप्टर त्यतिबेलै क्लोज भएको थियो, अहिले जोडेर ल्याउन खोजिराख्याछन्’

नेपालभ्युज

‘एसपीपीको च्याप्टर त्यतिबेलै क्लोज भएको थियो, अहिले जोडेर ल्याउन खोजिराख्याछन्’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे स्पष्टीकरण दिएका छन्।

नेकपा एमाले कुनै पनि मिलिटरी एलाइन्समा सहभागी नभएको उनले प्रस्ट पारेका छन्। कुनै पनि सैनिक एलायन्समा सरिक नहुने नेपालको नीति भएको भन्दै उनले यस्तो कुरा कसरी आयो भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र रक्षामन्त्री ईश्वर पोखरलेलसँग आफूले छलफल गरेको उनले बताएका छन्।

शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन क्रममा अध्यक्ष ओलीले त्यतिबेला परराष्ट्र सचिवको नेतृत्वमा एउटा छानबिन समिति बनाएको स्मरण गराए। उक्त समितिले एसपीपी उपयुक्त नभएको र ठीक नभएको र यसमा सहभागी हुन नसकिने निर्णय दिएको उनले बताए। मिलिटरी गठबन्धन सोचभन्दा बाहिरको भएको ओलीको भनाइ थियो।

“हामी कुनै पनि मिलिटरी एलाइन्समा कहिल्यै पनि एकपल्ट अहिले होइन कि कहिल्यै पनि उहिलेदेखि हामी वाङडुङ सम्मेलनदेखि हामीले पञ्चशीलका सिद्धान्तहरू मानिआएका हौं। र हाम्रो तटस्थ नीतिभित्र हामी कुनै मिलिटरी एलाइन्समा जाँदैनौं भन्नेकुरा छँदैछ यस्तो भएर हामी जाँदैनौं भन्ने हामीले निर्णय नै गर्‍यौं”, अध्यक्ष ओलीले भने।

र त्यतिबेला उक्त एसपीपीको च्याप्टर क्लोज भएको पनि उनले बताए। उक्त सम्झौता नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका सुशील कोइरालाले शुरु गरे पनि आफ्नो प्रधानमन्त्रीको कालले यो उपयुक्त नभएको भन्दै अस्वीकार गरेको पनि उनले बताए।

https://www.facebook.com/nepalviewsnv/videos/505902654654790


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved