अस्थिर नीतिका कारण लगानी बजार धराशायी बन्यो : गगन थापा

‘‘शेयर बजारमा देखिएको अस्थिरताले यसको विश्वसनीयतामा नकारात्मक असर परेको छ। साना लगानीकर्तालाई उठ्न नसक्नेगरी थला पारेको छ’’, उनले भने, ‘‘अस्थिर नीतिका कारण लगानी बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ।”

नेपालभ्युज

अस्थिर नीतिका कारण लगानी बजार धराशायी बन्यो : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद थापाले अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्र उन्नयनतर्फ लैजाने भन्दै हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गरे।

सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने उनको भनाइ छ। अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको उनले बताए।

‘‘शेयर बजारमा देखिएको अस्थिरताले यसको विश्वसनीयतामा नकारात्मक असर परेको छ। साना लगानीकर्तालाई उठ्न नसक्नेगरी थला पारेको छ’’, उनले भने, ‘‘अस्थिर नीतिका कारण लगानी बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ।”

उनले शेयर बजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved