एसपीपीको विरोध गर्दै एमालेले भन्यो – नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य छैन

नेपालभ्युज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताबारे सदनलाई स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने धारणा राखे। नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट पारे।

नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असार पार्ने कार्य नगर्न उनले आग्रह गरे। उनले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए। एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उनको भनाइ छ।

‘‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन। हाम्रो सबै देशसँग मित्रता छ। हामी सबैका मित्र हौँ,’’ उनले भने, ‘‘अन्य देशका ग्लोबल एजेण्डाको साझेदार हामी बन्न सक्दैनौँ भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बसिरहने नैतिक अधिकार कसरी छ ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved